Logo
Logo

प्रदेश २ सरकारको निर्णय : मृतकका परिवारलाई तीन लाख, घाइतेको उपचार निःशुल्क


- दृष्टि न्युज/संवाददाता


बारा, १८ चैत ।आइतबार राति हावाहुण्डरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गरेको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।

हावा हुरी र असिनासँगै भएको वर्षाले मध्य तराइको बारा, पर्सा र रौतहटमा ठुलो धनजनको क्षति भएको छ । आइतबार साँझ हावाहुरीका कारण बारा जिल्लाको विभिन्न ठाउँमा कम्तीमा २४ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् भने २०० भन्दा बढी घाइते भएको अनुमान गरिएको छ ।

सोमबार विहान ७ बजे बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई तत्कालको लागि राहत स्वरुप उक्त रकम दिन लागेको प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

बैठकले घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्