Logo
Logo

रियलटाइममै खाता खोल्न मिल्ने गरी आठ शाखारहित बैंकिङ सेवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । माछापुच्छरे बैंक लिमिटेडले कास्कीमा ८ शाखारहित बैंकिङ सेवा एकैपटक सञचालनमा ल्याएको छ । बैंकले कास्कीस्थित मादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट, र सैमराङ मा ८ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरुमार्फत अत्याधुनिक बैंकिङ सेवा पु¥याइरहेको छ ।


योसहित माछापुच्छरे बैंक लिमिटेडको हालसम्म ७३ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बंैकले जनाएको छ । ग्राहक सेवा केन्द्र«को रुपमा सञ्चालित उतm शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्न सकिने सुविधाको समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।


बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ९६ वटा शाखाहरु लगायत ७३ शाखा रहित बैंकिङ सेवा गरी जम्मा १६९ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्