Logo
Logo

बैंक अफ काठमाण्डूको गाँऊपालिकामा आठ नँया शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो सेवा तथा सुविधाहरुलाई थप बिस्तार गर्ने उद्देश्यले आठ वटा थप शाखाबाट सेवा बिस्तार गरेको छ । यी शाखाहरु इन्द्रसरोवर¬, मकवानपुर, गढीमाई, रौतहट, तीनपाटन, सिन्धुली, इस्मा, गुल्मी, छिन्नमस्ता, सप्तरी, मालिका, गुल्मी, खनियाबास, धादिङ, पातारासी, जुम्ला गाँऊपालिकामा स्थित छन् ।

आर्थिक वर्ष २०७५/०७६ को दोस्रो त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप रु. ८०.२१ अर्ब परिचालन गरी कुल कर्जा रु. ७३.५३ अर्व प्रवाह गरेको छ । हाल बैंकले ८४ शाखा, ७५ एटिएम तथा ८ वटा एक्टेन्सन् काउण्टरबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्