Logo
Logo

प्रधानमन्त्री र गृहमन्त्री हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली सामेबार आफ्नो गृहजिल्ला झापाबाट सिधै बारा पुगेका छन् । उनले भाmपाका सबै कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्लामा गएका हुन् ।
झापाको चन्द्रगढी विमानस्थलबाट प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्रयादवसहित सेनाको स्काइ ट्रकमार्फत सिधै बारा र पर्साका जनताको अवस्था हेर्न त्यसतर्फ गएका हुन् ।
हावाहुरी प्रभावित क्षेत्रमा सरकारले के कस्तो राहतको व्यवस्था गरेको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री थापाले तत्काल उद्धार कार्यमा लाग्न सबैलाई आग्रह गरिएको बताए । उनले सोमबार प्रधानमन्त्रीसहितको टोलीले उक्त ठाउँको अवलोकन गरेपश्चात राहत र घटनाबारे एउटा समिति नै बनाएर अगाडि बढ्ने बताए । आइतबार अचानक आएको हावाहुरीले बारा, पर्सालगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्