Logo
Logo

बिहे गरेको चार दिनमै सम्वन्धबिच्छेद !


- दृष्टि न्युज/संवाददाता


लस एन्जलस, १८ चैत (एजेन्सी) । हलिउड स्टार निकोलस केज दम्पत्तिले विवाह गरेको चार दिनमै सम्वन्धबिच्छेद गरेका छन् । गए हप्तामात्र निकोलस प्रेमिका एरिका कोइकासँग विवाह दर्ता गर्न अदालत पुगेका उनीहरु बुधबार नै यी दम्पत्ति पुनः सम्वन्धबिच्छेदका लागि अदालत पुगेका छन् ।
‘द घोष्ट राइडर’ स्टार निकोलसको यो चौथो विवाह हो । विवाहअघि रिलेसनमा रहेको नखुलाएका निकोलसले प्रेमिका कोइकासँग सरप्राइज म्यारिज गरेका थिए । ५५ वर्षिय निकोलसका फ्यानहरुले किन यति छिट्टै सम्वन्धमा दरार आएको भन्दै प्रश्न गरेपनि उनले यसबारे केहि जवाफ दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्