Logo
Logo
संवैधानिक इजलासमा बहस

प्रधानमन्त्रीका कानुन व्यवसायीलाई ७ घण्टा समय


दृष्टि संवाददाता

5.7k
Shares


काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधवार पनि सरकारी वकिलको बहस हुँदैछ । सरकारी वकिलले ५५ मिनेट बहस गरेपछि प्रधानमन्त्रीका कानुन व्यवसायीको बहस शुरु हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बरिष्ठ अधिवक्ता सुशील पन्तले बुधवार बहस शुरु गर्दैछन् । त्यसपछि पूर्व महान्यायाधिवक्ता अग्नि खरेल र बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । प्रधानमन्त्रीका कानुन व्यवसायीका लागी बहस गर्न ७ घण्टा समय छुट्याइएको छ ।

बुधवार ५५ मिनेटभित्र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरु गोपाल प्रसाद रिजाल, संजिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उप न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्