Logo
Logo

एमाले बैठक : माधव पक्ष अनुपस्थित


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा जारी छ । आज बस्ने बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्दैछ ।

एमाले एकताको लागि २०७५ जेठ २ को अवस्थाबाट पार्टी सञ्चालन हुनुपर्ने माधव नेपाल पक्षको माग र सर्वोच्चले आयोजक कमिटीका कारबाहीलाई मान्यता नदिएपछि एमालेले आज अन्तिम बैठकबाट केही निर्णय गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्न लागेको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई बोलाइएपनि सहभागी भएका छैनन् । माधव नेपाल समूहले विधानले नचिन्ने बैठक गुटको भएकाले अनुपस्थित भएको जनाइएको छ ।

गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।

बैठकले पार्टीलाई एकताबद्ध बनाउने सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । एमालेले शुक्रबार केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्