Logo
Logo

राष्ट्रपति र प्रधानमन्त्रीको फेसबुकमा मानमर्दन गर्ने पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १८ चैत ।

राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो बिगारेर फेसबुकमा पोष्ट गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पाल्पाका निर्मल गैरे र रुपन्देहीका यम प्रसाद पन्थीलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले गत साता पक्राउ गरेको हो ।


अमार्यादिन फोटो राखेर राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन गर्न खोजेकाले उनीहरुलाई पक्राउ गरी बिद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाइएको सिआईबीका एसपी उमाप्रसाद चतुर्वेदीले बताए । जून अपराधमा उनीहरुमाथि पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्