Logo
Logo

अदालतबाट शीघ्र शान्ति निकासको अपेक्षा


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । पूर्वसांसद मञ्च नेपालले ६३औं संसद् दिवसका अवसरमा देश तथा विदेशमा रहेकासम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीमा शुभकामना व्यक्त गरेको छ ।

मञ्चले स्थापनाकालदेखि नै सङ्घीय संसद् सचिवालयको सहयोगमा संसद् दिवसका कार्यक्रम गर्दै आएकामा यस वर्ष कोरोना महामारीका कारण ‘बाँचौँ र बचाउँ’ भन्दै प्रेस विज्ञप्तिमार्फत शुभकामना दिने निर्णय गरिएको महासचिव शङ्करनाथ शर्मा अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा २००७ फागुन ७ गतेबाट १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको आठ वर्षपछि विसं २०१५ फागुनमा पहिलो संसदीय निर्वाचन भए पनि साढे तीन महिनापछि २०१६ असार १६ गते मध्यरातमा मात्र पहिलो बैठक बसेको थियो । पहिलो संसद्को यही ऐतिहासिक दिनको स्मरण गर्दै संसद् दिवस मनाइने गरिएको छ ।

मञ्चले भ्रष्टाचार, कालोबजारी, महँगी नियन्त्रण गर्न तथा कोरोनाबाट जनता र मुलुकलाई जोगाउन अबिलम्व अझै ठोस कदम चाल्न सरकारसँग माग गरेको छ । सङ्कटलाई परास्त गर्न उच्च मनोबलका साथ निरन्तर खटिरहनुहुने स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मीको उच्च मूल्याङ्कन गदैं उहाँहरूप्रति कृतज्ञता प्रकट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्