Logo
Logo

राहत लिएर तराई झरे धुर्मुस


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १९ चैत । धुर्मुस–सुन्तली फाउण्डेशनले बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई राहात वितरण गरेको छ । बाराको फेटा गाउँपालिका–६ पुराईनियाँ पुगेर फाउण्डेशनले राहात वितरण गरेको हो ।


हावाहुरीले अकल्पनीय क्षति पुर्याएपछि तराई झरेका फाउण्डेशन अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद शाहलगायत जनप्रतिनिधिको रोहवरमा प्रभावितहरुलाई चामल, त्रिपाल र चाउचाउ वितरण गरेका हुन् ।
पीडितहरुलाई तत्कालका लागि बस्न र खानको लागि समस्या रहेकाले त्रिपाल र खाद्यन्न वितरण गरिएको उनको भनाइ छ । प्रभावित क्षेत्रका अधिकांस घरहरु हावाहुरीले उडाएर तहसनहस बनाएको छ भने विद्युतका पोलहरु ढलेका कारण गाउँ पुरै अन्धकारमा छ ।

प्रतिक्रिया दिनुहोस्