Logo
Logo

रुबुशा च्यानलले ल्याउँदै पालाम ‘खेदा’ (फोटोफिचर)


दृष्टि संवाददाता


काठमाडौं । हिजोआज यु–ट्युब च्यानलहरुमा नयाँ नयाँ पालामका भाकाहरु सुन्न र हेर्न पाइन्छ । लिम्बू समुदायको सांस्कृतिक पहिचान बोकेको पालाम गाउँघरमा लोपोन्मुख हुने अवस्थामा छ । यसैबेला विभिन्न लिम्बू समुदायका कलाकारहरुले धमाधम पालाम ल्याउन थालेका छन् ।

यसैक्रममा यु–ट्युब च्यानल ‘रुबुशा च्यानल’ले एकदमै पृथक तरिीका नयाँ पालाम ल्याउँदैछ । ‘खेदा’ शीर्षकको उक्त पालामको भिडियो हालै सुट गरिएको छ । उत्तः प्रमोशनल भिडियो बुधबार रुबुशाले सार्वजनिक गरेको छ ।

पालाम ‘खेदा’मा लिम्बू समुदायको विवाह संस्कार समेटेर तयार पारिएको भिडियोका निर्देशक लोकेन साँवा लिम्बूले बताए । भिडियोमा झण्डै एक सय कलाकारलाई समेटिएको छ भने यस पालामको सुटिङ गर्न दुई दिन लागेको थियो ।

यस पालाममा चर्चित कलाकारहरु मनु नेम्बाङ, भीम लिम्बू, रुकमान लिम्बू, दिवश पयाँगु, निरन्ता नेम्बाङ, दीपा सुहाङ र रोजिना थेगिमको स्वर रहेको छ । नेम खापुङको शब्द र सुमन लिम्बूको लय रहेको उक्त पालामको फुल भिडियो चाँडै सार्वजिनक गरिने गायक तथा मोडल रुकमान लिम्बूले जानकारी दिए । उनका अनसार भिडियो झण्डै एक घण्टाको बन्दैछ । यस भिडियोका लागि तेह्रथुमे ढाका बुटिक, याक्थुङ सेमी कलेक्शन र माङ्गेना ढाका पसलले पहिरन तयार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्