Logo
Logo

सरकारविरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन


दृष्टि संवाददाता



काठमाडौं । विपक्षी गठबन्धन दलका विद्यार्थी संगठनले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

बिहीबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको पुत्ला दहन सहित प्रदर्शन गरेको हो ।

विद्यार्थीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यार्थी पुत्ला जलाउन लागेपछि प्रहरीले खोसाएको थियो । त्यसक्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विपक्षी गठबन्धनले सडक आन्दोलन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्