Logo
Logo
प्रतिनिधिसभा विघटन मुद्धा

प्रधानमन्त्रीको पक्षमा बिहीबार तीन घण्टा बहस


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा बिहीबारको बहस सकिएको छ । आज दिनभर प्रधानमन्त्री तर्फका कानुन व्यवसायीले बहस गरेका थिए । प्रधानमन्त्री तर्फका कानुन व्यवसायीका लागि बहस गर्न अब १ घण्टा ३० मिनेट समय बाँकी छ ।

बिहीबार प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको समय अब ४ घण्टा ३३ मिनेट बाँकी थियो । त्यसमा अब १ घण्टा ३० मिनेट समय बाँकी रहेको हो ।

बिहीबार वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्रकुमार महतो, अधिवक्ता परशुराम कोइराला, सुवास आचार्य, वरिष्ठ अधिवक्ताहरू महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले तीन घण्टा तीन मिनेट बहस गरेका छन् । बहस भोली शुक्रबार पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्