Logo
Logo

साँझ ६ बजे मन्त्रिपरिषद बैठक बस्दै, सचिव र सहसचिव नियुक्त गरिँदै


दृष्टि संवाददाता

2.8k
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज बस्ने बैठकले रिक्त रहेका ४ सचिवको नियुक्ति गर्ने तयारी गरेको छ ।

सचिव रिक्त रहेका स्थानमा पदपूर्तिका लागि लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरेको छ । आयोगले प्रशासन समूहबाट सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई सिफारिस गरेको छ । उनीहरुमध्ये एकजना सचिव नियुक्त हुनेछन् ।

यस्तै कृषि तथा वन समूहबाट सहसचिव कृष्णप्रसाद आचार्य, निरु दाहाल र दिपक खराल सिफारिस भएका छन् । इन्जिनियरिङ सेवाबाट प्रमिला बज्राचार्य, सुशीलचन्द तिवारी र गोपालप्रसाद सिग्देल सिफारिस भएका छन् । सो समूहबाट एक–एक जना सचिव बन्नेछन् ।

यस्तै, प्रशासन सेवाबाट सिफारिस भएका सहसचिव डा.दामोदर रेग्मी सचिव बन्दैछन् । मन्त्रिपरिषदको यो नियमति बैठक हो ।

प्रतिक्रिया दिनुहोस्