Logo
Logo

थपिए २,७६० जना संक्रमित, ३३ को मृत्यु


दृष्टि संवाददाता



काठमाडौं । बिहीबार नेपालमा २,७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६६२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, यही अवधिमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४०१७ रहेको छ । कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्