Logo
Logo

होटलमा अभिनेत्रीले गरिन् हंगामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ चैत । एक अभिनेत्रीले होटल बाहिर हंगामा गरेकी छन् । भारतकी टेलिअभिनेत्री रुही सिंहले सोमबार राती बान्द्रास्थित एक रेष्टुरेन्टबाहिर हंगामा गरेकी हुन् । उनीविरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ ।
भारतीय मिडियाले जनाएअनुसार पुर्वमिस इण्डिया समेत रहेकी रुही आफ्ना दुई साथीहरु राजेश र राहुलसँग अबेर राती दुई बजे बान्द्राको लिंकिङ रोडस्थित एक रेष्टुरेन्टमा पुगेकी थिइनन् । तर, रेष्टुरेन्ट बन्द भइसकेको थियो । रुहीले रेष्टुरेन्ट खोल्न आग्रह गरिन् । जब रेष्टुरेन्टका कर्मचारीले उनलाई भित्र आउन दिएनन् तब उनले कर्मचारीमाथि हातपात गरिन् । अबेर राती भएको यो हंगामा पछि कर्मचारीले पुलिसलाई फोन गरेका थिए ।
प्रहरी घटनास्थल पुग्दा रुही र उनका साथीहरु रेष्टुरेन्टका कर्मचारी बहस गरिरहेका थिए । पुलिसले जब नायिकालाई सम्झाए तब रुहीले पुलिसलाई हातपात गर्न थालिन् । रुहीले पुलिस लक्ष्मीकान्तको मोबाइल खोसेर थप्पड हानिन् । रुहीसँग भएका दुई साथीले पनि पुलिसलाई धक्का दिए ।
रुही सिंहको एउटा भिडियो भाइरल अहिले भइरहेको छ, जसमा नायिकाले पुलिसको ब्याचलाई आफ्नो हातमा लिएर ‘ल, बनाउ त भिडियो, मेरो हातमा ब्याच छ’ भनिरहेकी छिन् । रुहीले रक्सी पिए नपिएको भन्नेबारे पुष्टि नभइसकेको बताइएको छ । तर, रुहीको कारलाई भने जफत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्