Logo
Logo
प्रतिनिधिसभा विघटन मुद्धा

आज प्रधानमन्त्रीको पक्षमा १३ कानुन व्यवसायीले डेढ घण्टा बहस गर्दै


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आज पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहस हुँदैछ ।

शुक्रबार आज प्रधानमन्त्री तर्फको १३ जना कानुन ब्यवसायीले साढे एक घण्टा बहस गर्नेछन् । बिहीबार प्रधानमन्त्रीको पक्षमा ३ घण्टा बहस भएको थियो ।


शुक्रबार सबैभन्दा लामो समय बरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणी अधिकारी र अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले १०-१० मिनेट बहस गर्ने बताइएको छ । यस्तै, प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहालले ७ मिनेट बहस गर्नेछन् ।

अधिवक्ता भोजराज आचार्य, सिपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोखरेल, शान्ति देवी खनाल, विष्णुमाया भुषाल, धर्मराज रेग्मी, अनन्त लुईँटेल र लोकनाथ खरेलले प्रधानमन्त्रीको तर्फबाट बहस गर्दैछन् । उनीहरु सवैलाई ७ मिनेटको दरले समय छुट्याइएको छ । प्रधानमन्त्री तर्फका कानुन व्यवसायीको बहस सकिएपछि सभामुख अग्नि प्रसाद सापकोटाका कानुन व्यवसायीको बहस सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्