मस्र्याङ्दी नदीले भत्कायो झोलुङ्गे पुल « Drishti News – Nepalese News Portal
Logo

मस्र्याङ्दी नदीले भत्कायो झोलुङ्गे पुल


दृष्टि संवाददाता


गोरखा । बिहीबारदेखि लगातारको वर्षाका कारण मस्र्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा भत्काएको छ । गोरखा नगरपालिका–१४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका–२ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा डुबेको छ ।

गोरखा नगरपालिका वडानम्बर १४ का अध्यक्ष रामबहादुर खड्काका अनुसार तनहुँको एक्लेफाँटतर्फ जमीन भासिएर पुलको दुवै पोल नदिमा पुगेको हो । एक्लेफाँट र गोप्लिङ बस्ती जोखिममा रहेको उनले बताए । उक्त पुलबाट गोरखातर्फ रहेको गोप्लिङ, गोर्वुङ, सलाङगिरीलगायतका स्थानीय आउजाउ गर्थे ।

पुलमा क्षति पुगेसँगै अहिले सो क्षेत्रमा आउजाउ गर्न बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताए । पुलमा चुडिएको खबर आएपछि त्यो क्षेत्रमा सर्वसाधारणलाई आउजाउमा रोक लगाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्