Logo
Logo

अब भ्याक्सिनको चिन्तै नगरौँ : प्रधानमन्त्री


दृष्टि संवाददाता

4.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सिदेखि नै चाहिने जति कोरोनाविरुद्धको खोप आउने बताएका छन् । शुक्रबार एमालेको १३औँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले अब भ्याक्सिनको समस्या नहुने बताउँदै भने, ‘पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ । त्यसैले भ्याक्सिनको चिन्ता नगरौँ ।’ उनले भारतबाट दोस्रो डोज नआउँदा समस्या भएपनि अब खोपको समस्या नहुने दावी गरे । अहिले बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस्