Logo
Logo

ओलीले भने, ‘अहिले मुख्य प्राथमिकता नै पार्टी एकता हो’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता नै अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले आफू एकता नै पहलमा रहेको बताएका हुन् ।

बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले ‘आजको प्रमुख आवश्यकता नेकपा एमालेको एकता’ रहेको बताएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । उनको अनुसार प्रधानमन्त्री ओलीले भने, ‘पहिलो आवश्यकता एकता, दोस्रो आवश्यकता एकता र तेस्रो आवश्यकता नै पार्टी एकता हो ।’

त्यसका लागि आफूले सार्थक पहल गरिरहेको भन्दै परिणाम चाँडै निस्किने ओलीले बताए । ‘आशा गरौँ, छिट्टै यसले परिणाममुखी निकास निकाल्नेछ र नेकपा एमालेलाई एकताबद्ध रूपमा पुर्नस्थापित गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्