Logo
Logo

नेपालमा पनि सुरु हुँदै ‘ड्रेस फोर सक्सेस’


दृष्टि संवाददाता


काठमाडौं । अब नेपालमा पनि ‘ड्रेस फोर सक्सेस’ सुरु हुने भएको छ । यो एक गैरनाफामुखी संस्था हो । जो २५ देशका लगभग १५० शहरहरूमा विस्तार भएको छ भने १२ लाखभन्दा बढी महिलालाई आत्मनिर्भरताका लागि काम गर्न मद्दत गरिरहेको बताइएको छ ।

यस संस्थालाई केही उर्जाशील व्यवसायी महिलाले नेपालमा स्थापना गर्न लागेका हुन् । ‘ड्रेस फोर सक्सेस’का लागि संस्थापक अमृता शर्माको नेतृत्वमा बिन्दु शर्मा, विभा थापा, पवित्रा न्यौपाने र सविता शाक्य कार्यकारी बोर्ड सदस्य रहेका छन् । बोर्डको पहिलो बैठकले अब निकट समयमै संस्था स्थापना गरेर क्रियाशील बनाउने निर्णय गरेको छ । उक्त संस्थामा श्रद्धा शाक्य, अस्मिता गुरुङ र सुसाना केसी स्वंयमसेवक रहेका छन् ।

आर्थिक स्वतन्त्रता हासिल गर्नका निमित्त महिलालाई सशक्त बनाउने संस्थाको मूल उद्देश्य रहेको बताइएको छ । यस संस्थाले स्नातक तह पूरा गरेर बसेका महिलाहरुका लागि रोजगारीको अवसरहरु प्रदान गर्न एउटा सेतुको काम गर्ने बताइएको छ ।
यसै साता काठमाडौंमा बसेको बोर्ड बैठकले ड्रेस फोर सक्सेसले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँग समन्वय गरेर कार्यक्रम संचालन गर्ने निर्णय गरेको संस्थापक शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्