Logo
Logo

आफू निकट नेताहरुलाई देउवाले बुढानीलकण्ठ बोलाए


दृष्टि संवाददाता

15.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा देउवा निकटका शीर्ष नेताहरुको बैठक जारी छ । सभापति देउवाले आगामी भदौमा निर्धारित १४औं महाधिवेशनबारे छलफल गर्न आफ्ना निटकका नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।

बैठकमा उपसभापति विमलेन्द्र निधि, विजय कुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत लगायतका नेताहरु सहभागी छन् । छलफल आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा केन्द्रित रहेको बताइएको छ ।

निधिले आगामी महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् । सभापतिमा दाबी गर्दै आएका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निधिले छलफल गर्दै आएका छन् । देउवाले पनि सभापति नछाड्ने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्