Logo
Logo

जिप्रका कैलालीमा घुसकाण्ड, एसपीलाई हटाउन माग


- दृष्टि न्युज/संवाददाता



कैलाली, १९ चैत ।
जिल्ला प्रहरी कार्यालय कैलालीमाथि छानबिन सुरु भएको छ । लाखौं घुस लिएको सूचनाका आधारमा प्रदेश प्रहरी कार्यायले छानबिन थालेको हो ।
चोरीको आरोपमा पक्राउ परको एक व्यक्तिसँग घुस लिएर छाडेको अभियोगमा छानबिन सुरु भएको हो ।


भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका ४ घर भएका ३२ बर्षीय निरजबहादुर चन्द कैलाली प्रहरीले ७ दिन अगाडी कैलालीको अत्तरियाबाट नै पक्राउ गरेकोमा आर्थिक चलखेलका आधारमा छाडिएको खुलेको छ ।
चन्दलाई अत्तरियाबाट पक्राउ गरेको थियो। चन्दलाई छोड्दा जिल्ला प्रहरी कार्यालय कैलालीका लेखापालले चन्दसंग २३ लाख ३८ हजार रुपैया बरामद गरेको थियो । तर नौ लाख रुपैयाँ मात्र दिइएको छ । २३ लाखमै हस्ताक्षर गर्न लगाई नौ लाख भारु मात्र दिइएको हो । पछि फेरि बैतडी प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यसपछि कैलालीको घुसकाण्ड बाहिर आएको हो ।
बैतडी प्रहरीका अनुसार चन्दबाट अहिले सम्म साढे ६ लाख मात्रै बरामद गरिएको छ भने बाँकी रकम कैलालीमा प्रहरीलाई बुझाएका बताएका थिए । सो घटनाको अनुसन्धानका लागि भारतीय पक्षले नयाँदिल्लीस्थित नेपाली दुतावासमा उजुरी दिएको छ । जसकारण यो प्रकरणमा एसपी तिमिल्सनालाई ठूलै समस्या हुने देखिन्छ । तीन दिनसम्म थुनामा राख्दा उनले म्याद समेत थप गरेका थिएनन् ।


स्रोतका अनुसार रोशन सिंह नामक बिचौलियासँग कैलाली प्रहरीले घुस लिएका हुन् । चन्दले भारतबाट चोरी गरेको रकम लिएर आएका थिए । सो रकमको स्रोत नखुलेकाले प्रहरीले कारबाही गर्न सक्दथ्यो । तर लेनदेनमा केस मिलाइएको खुलेपछि स्थानीयले तिमल्सिनालाई हटाउन माग गर्दै बिज्ञप्ती निकालेका छन् । ठूला पार्टीका बिद्यार्थी तथा युवा संगठनले एसपी तिमल्सिनालाई कारबाहीको माग गरेका छन् ।
एसपी तिमल्सिना जून कार्यालयमा गएपनि विवादमा पर्ने गरेका छन् । यसअघि दरबारमार्ग, जिप्रका स्याङजा, चापागाउँ वृत्तमा हुँदा विवादका कारण उनी तानिएका थिए । कैलालीमा पनि उनी कारबाहीमा पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्