Logo
Logo

कोशी ब्यारेजमा खतराको संकेत, सर्तकता अपनाउन अनुरोध

कोसी नदीमा पानीको वहाव यो वर्षकै उच्च मापन


दृष्टि संवाददाता


सप्तरी । लगातारको वर्षाका कारण कोसी नदीमा पानीको वहाव यो वर्षकै उच्च मापन गरिएको छ । पानीको बहाव बढ्दो क्रममा रहेकाले ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ ।

शनिबार बिहान ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार ५१५ क्युसेक पानीको बहाव छ । यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको थियो ।

नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खुला गरिएको छ । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण कोशीमा मिसिने सहायक नदी तथा खोलामा समेत बाढी आउँदा यस नदीको पानी बहाव शुक्रबार रातभरमा २४ हजार नौ सय ९५ क्यूसेकले बढेको हो । वर्षा हुने क्रम अझै जारी रहेकाले जलस्तर अरु बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्