Logo
Logo

टेम्पो र माइक्रो पनि सञ्चालन गर्न दिने तयारी


दृष्टि संवाददाता

20.2k
Shares


काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी गरिएको छ । निषेधाज्ञा खुकुलो गरेर निषेधाज्ञा एक साता लम्बाउने तयारी गरिएको छ ।

निषेधाज्ञाबारे निर्णय गर्न आज उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । थपिने निषेधाज्ञामा माइक्रो बस र टेम्पो सन्चालनबारे निर्णय हुँदैछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार बैठकले माइक्रो बस र टेम्पोबारे निर्णय गर्नेछ । अघिल्लो साताको बैठकले २५ भन्दा बढी सिटका सार्वजनिक सवारी साधनहरु जोर–बिजोरको आधारमा सन्चालन गर्न दिने निर्णय गरेको थियो ।
कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया दिनुहोस्