Logo
Logo

एकताको सन्देश दिन संयुक्त वक्तव्य निकाल्न माधव पक्षलाई आग्रह


दृष्टि संवाददाता

11.4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकताको सन्देश दिन बरिष्ठ नेता माधव नेपाल पक्षलाई संयुक्त वक्तव्य निकाल्न आग्रह गरेका छन् । आइतबार ओली पक्षका नेताहरुले नेता नेपाललाई भेटेर ओली–नेपालको संयुक्त वक्तव्य निकाल्न प्रस्ताव राखेको हो ।

ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेलले नेता नेपाललाई यस्तो प्रस्ताव गरेका हुन् । उनीहरु नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

उक्त प्रस्ताव सुनेपछि नेता नेपालले कार्यदलबाट वक्तव्य ड्राफ्ट पारेर ल्याउन सुझाव दिएका थिए । नेम्वाङ, पौडेल र पोखरेलको साथमा माधव पक्षका नेता घनश्याम भुसालसमेत कोटेश्वरको छलफलमा सहभागी थिए ।

नेता नेपालले पार्टी एकताका लागि निःशर्त जेठ २ फर्कन आफुले राखेको प्रस्तावलाई अध्यक्ष ओलीले वेवास्ता गरेर पार्टी एकता नचाहेको समेत बताएका थिए ।

ओली पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको हस्ताक्षर फिर्ता गरेमात्रै एमाले एकता हुन सक्ने बताएका छन् । नेता नेपाललाई भेटेपछि ओली पक्षका नेता पुनः अध्यक्ष ओलीलाई भेट्न बालुवाटार गएका छन् ।

प्रतिक्रिया दिनुहोस्