Logo
Logo

महानगरपालिकाले चित्रकला मेटाएकामा कलाकारको विरोध


दृष्टि संवाददाता


काठमाडौं । कोरोना महामारीमा अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्रकला काठमाडौं महानगरपालिकाले मेटाएपछि कलाकारले विरोध गरेका छन् । आइतबार उनीहरुले महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

सो क्रममा उनीहरुले कोरोना महामारीका बेला फ्रन्टलाइनरले गरेको कामको सम्मान गर्न पनि आग्रह गरेका थिए । बिरोध प्रदर्शनपछि कलाकारहरुले पुनः चित्र कोर्न दिन माग गर्दै महानगरसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

चित्रकलाको परिकल्पनाकार दुजाङ शेर्पाले स्वास्थ्यकर्मी लगायत कोरोना महामारी नियन्त्रणका लागि खटिएका बिरामीहरुको उपचार गरेकालाई उचित सम्मान र हौसला दिनुपर्ने बताए । उनले पुन चित्र कोर्नका लागि ज्ञापन पत्र बुझाइएको जानकारी दिए ।

केहिदिन अघि दुजाङ शेर्पासहितका कलाकारले रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा संक्रमितको उपचार र सर्वसाधारणको सेवामा खटिएकाहरुको सम्मानमा चित्रकला बनाएको थियो । तर महानगरपालीकाले चित्रकला मेटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्