Logo
Logo

फिरोज हत्याकाण्डः भिनाजुसहित मिलेर श्रीमतीले नै गोली हान्न लगाएको खुलासा


- दृष्टि न्युज/संवाददाता



बुटवल, १९ चैत ।
बुटवलका फिरोज खानको हत्या उनकै श्रीमतीको योजनामा भएको खुलेको छ । श्रीमती साहिन खातुन नाताले भिनाजु पर्ने व्यक्तिसँग मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । भारत बिहारक बेतिया ४२ वर्षीय साधिर हुसेनले उनकै योजनामा गोली हानी फिरोजको गत बुधबार हत्या गरेका थिए ।

हुसेनले बुधबार साँझ कामबाट कोठामा फर्किदै गरेका फिरोजलाई कोठा आउँदै गर्दा गेटनिर गोली प्रहार गरेर फरार भएका थिए । मोटरसाइकलमा आएका हुसेनले गोली हानी नवलपरासीको त्रिवेणीबाट भागेको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले बताए । मृत्तक फिरोजकी श्रीमती ३२ वर्षीया साहिन खातुनलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहको छ । हुसेन भने फरार छन् ।

मैनावरको वर्कसपमा काम गर्ने फिरोज अन्सारी (खान) श्रीमती साहिनसहित विगत २० वर्षदेखि बुटवलमा बस्दै आइरहेका थिए । यही क्रममा साहिनको भेना साधिरसँग पटक–पटक भेट हुन्थ्यो । दुवैबीच प्रेमसम्बन्ध गाँसिएको थियो ।
गत बुधबार साधिर नवलपारसीको त्रिवेणी नाका हुँदै बुटवलामा सालीको कोठामा आएका थिए । त्यहीँ दुई जना बीच हत्याको योजना बन्छ । योजना बनेपछि दिउँसो तीन बजे साधिर त्यहाँबाट छुट्छन् । फेरि साँझ ७ बजे हतियारसहित आउँछन् ।

दोस्रो पटक पेस्तोल लिएर आएका साधिरले वर्पसपबाट काम गरेर आएका फिरोजलाई गोली हानी फरार हुन्छन् । भारतमा पनि विभिन्न अपराधमा संलग्न हुँदै आएका साधिर र साली साहिन केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बुटवलमा वर्कपसमा बसेर गाडीको पेन्टीङ्ग गर्ने फिरोजले साहिनसँग मागी विवाह गरेका थिए । बिहे गर्नका लागि उनीहरुले फिरोजको हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्