Logo
Logo

नबिल–लक्ष्मी क्यापिटल निष्काशन व्यवस्थापन सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नबिल बैंकले जारी गर्न लागेको ऋणपत्र निष्काशन व्यवस्थापनको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडस“ग निष्काशन व्यवस्थापन सम्झौता गरेको छ ।

उक्त सम्झौता बमोजिम बैंकले निष्काशन गर्न लागेको रु २ अर्ब बराबरको (२०,००,००० एकाइ ऋणपत्र प्रति एकाइ रु १,००० का दरले) ऋणपत्रको सार्वजनिक निष्काशन तथा व्यक्तिगत तवरमा विक्री कार्यको व्यवस्थापन लक्ष्मी क्यापिटलले गर्नेछ । सो सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा लक्ष्मी क्यापिटलका तर्फबाट लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् ।


लक्ष्मी क्यापिटल मार्केट लिमिटेड लक्ष्मी बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो । लक्ष्मी क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी धितोपत्र व्यवसायीको रुपमा प्राथमिक सेयर निष्काशन, पोर्टफोलियो व्यवस्थापन जस्ता सेवाहरु प्रदान गर्दै आइरहेको छ । नबिल बैंकले ७५ वटा शाखाहरुको सञ्जाल, १२८ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु स“गै अघि बढ्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्