Logo
Logo

अविवाहित महिलालाई मासिक एक हजार


- दृष्टि न्युज/संवाददाता

0
Shares

पनौती , २० चैत्र ।

पनौती नगरपालिकाले अविवाहित महिलालाई आफ्नै स्रोतबाट मासिक भत्ता दिने गरेको छ। नगर क्षेत्रका एक सय एक अविवाहित महिलाले मासिक रूपमा नगरपालिकाबाट भत्ता पाउँदै आएका नगरपालिकाको सामुदायिक विकास शाखा प्रमुख केशव बञ्जराले जानकारी दिए।

३५ वर्ष पूरा भएका अविवाहित महिलालाई नगरपालिकाले मासिक एक हजार रुपैयाँका दरले भत्ता दिने गरेको हो। पति बेपत्ता भएका महिलालाई पनि भत्ता १५ वर्षदेखि पति बेपत्ता भएका महिलालाई पनि नगरपालिकाले भत्ता दिने गरेको छ। अविवाहित महिलालाई पनि एकल महिलाकै सूचीमा राखेर भत्ता दिने गरिएको बञ्जराले बताए। एकल महिलाको सूचीमा ३५ वर्ष पूरा भएका अविवाहित महिला, एकल, पति बेपत्ता भएका र सम्बन्ध विच्छेद गरेका महिलालाई राखिएको छ। आजको नयाँ पत्रिका दैनिककामा समाचार छापिएको छ ।

पनौती नगरपालिकाभित्र ३५ वर्ष उमेर पूरा भएका अविवाहित महिलाको संख्या १०१ छ। त्यस्तै, एकल एक हजार ६९७ जना, सम्बन्धविच्छेद गरेका पाँच र पति बेपत्ता भएका १२ जना महिला छन्। ती सबै महिलाले नगरपालिकाबाट मासिक रूपमा एक हजारका दरले भत्ता पाउँदै आएका छन्। नगर क्षेत्रमा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिकको संख्या एक हजार आठ सय ८६१ छ ।

प्रतिक्रिया दिनुहोस्