Logo
Logo

एमाले विवाद समाधान निष्कर्षोन्मुख, भोलि पनि बस्दै कार्यदलको बैठक


दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं । नेकपा एमालेको विवाद समाधानको प्रयास सकारात्मक बनेको बताइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बीचको विवाद समाधान गर्न बनेको कार्यदलको आज बसेको बैठक सकारात्मक बनेको नेता प्रदीपकुमार ज्ञवालीले बताए । विवाद समाधान निष्कर्षउन्मुख भएको उनको भनाइ छ ।

उनले भने, ‘छलफल सकारात्मक बनेको छ । भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ ।’ तीन दिनयता पार्टी मिलाउन कार्यदलमा छलफल हुँदै आएको छ ।

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त भिम, आचार्य रहेका छन् ।

त्यस्तै, ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्