Logo
Logo

तनहुँका एसपी फेरिए


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २० चैत ।
तनहुँका प्रहरी प्रमुख ११ महिनामा फेरिएका छन् । एसपी सिद्धिबिक्रमा शाहलाई प्रहरी प्रधान कार्यालयमा तानेर बिनोद सिलवाललाई तनहुँ पठाइएको छ ।


सिलवाल हालै मात्र बढुवा भएका एसपी हुन् । बढुवा हुनुअघि उनी सातदोबाटो वृत्तमा थिए । सिनियर एसपीले इन्चार्ज नपाएपछि उनले भने बढुवा लगत्तै जिल्ला इन्चार्ज पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्