Logo
Logo

एमाले कार्यदलको बैठक जारी, आज निष्कर्ष आउने अपेक्षा


दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक शुरु भएको छ । निर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु भएको अहिले सिंहदरबारमा जारी छ ।

कार्यदलको बैठकअघि कार्यदलका सदस्य विष्णु पौडेल र भीम रावलबीच वरिष्ठ नेता माधव नेपालको निवासमा २ घण्टा छलफल छ । दुई नेताको छलफलमा लुम्बिनीका मुख्यमन्त्रीसमेत रहेका ओली पक्षका नेता शंकर पोखरेलसमेत सहभागी भएका थिए ।

बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिएको हो । कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइएपनि कार्यदलमा आज सहमति हुन सक्ने बताएका छन् ।

बुधबार राति नक्सालस्थित मेरियट होटल वार्तामा अध्यक्ष ओलीले नेपाललाई निःशर्त सहयोगका लागि आग्रह गरेका थिए । नेता नेपाल भने सांगठनिक रुपमै शक्ति बाँडफाँड गरेर जानुपर्ने पक्षमा उभिएका थिए ।

प्रतिक्रिया दिनुहोस्