Logo
Logo

दीपाको सेन्टिमेन्टल ‘यो जीन्दगी’ (भिडियो)


दृष्टि संवाददाता


काठमाडौं । गायिका दीपा सुहाङ लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । ‘यो जीन्दगी’ बोलको सेल्टिमेन्टल गीतको भिडियोलाई दीपाले आफ्नै अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

नाकिहो राईको शब्दरचना रहेको उक्त गीतको भिडियोमा गायिका दीपा स्वयंमलाई पनि देख्न सकिन्छ । भिडियोमा मोडल विशाल तिम्राहाङ राई र शशिका राई फिचरिङ छन् । यस भिडियोलाई इशक जबेगूले निर्देशन तथा छायाँकन गरेका हुन् ।

गायिका दीपा विशेषगरी पूर्वेली लोकलयका लागि परिचित छिन् । तर, यसपटक उनी सेन्टिमेन्टल गीतमा पनि खुलेकी छन् । ‘यो जीन्दगी’ गीतसँगै दीपा भर्सटायल गायिकाको रुपमा पनि देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्