Logo
Logo
एमाले विवाद

ओली-माधव पक्षको छुट्टाछुट्टै बैठक


दृष्टि संवाददाता

8.7k
Shares

काठमाडौं । नेकपा एमालेका विवाद मिलाउन बनेको कार्यदल बैठक स्थगित भएपछि दुवै पक्ष छुट्टाछुटै छलफलमा जुटेका छन् । आन्तरिक गृहकार्य नपुगेको भन्दै अपरान्ह ११ बजेको बसेको बैठक स्थगित गरिएको थियो । त्यसलगत्तै दुवै पक्ष छुट्टाछुट्टै छलफलमा जुटेका हुन् ।

बरिष्ठ नेता माधव नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबारस्थित अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा जुटेका छन् भने अध्यक्ष केपी ओली पक्षका सदस्यहरु प्रधानमन्त्री कार्यालयमा छलफलमा बसेका छन् ।


आज साँझ ७ बजे पुनः कार्यदल बैठक बस्ने तयारी छ । आजै सहमति जुटाउने र ओली–माधवको संयुक्त हस्ताक्षरमा वक्तव्य जारी गर्ने प्रयासमा एमालेका दोस्रो तहमा नेताहरु सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्