Logo
Logo

नजिकिँदै कांग्रेस महाधिवेशन, बढ्दै सभापतिका आकाँक्षी


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कार्यकर्र्ता चुनावी चटारोले छोएको हो । १४औँ महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस नेताहरुको भेटघाट र छलफल व्यस्त भएका छन् ।

शेरबहादुर देउवाले फेरि सभापतिमै उठ्ने बताइसकेका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि सभापतिमा दावी गर्दै आएको छ । तर, सभापतिमा को उठ्ने ? भन्ने टुंगो लगाएको छैन ।

उपसभापति विमलेन्द्र निधिले पनि सभापतिका लागि तयारी गरिरहेका छन् । उनले भेटघाटलाई तीव्रता पारेका छन् । नेता पौडेल पक्षमा सभापतिका आकांक्षी बढ्दै गएपछि छलफल गरी एक जनालाई उम्मेदवार बनाउने तयारी गरिएको छ । सोही छलफलका लागि केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले शुक्रबार अपरान्ह ४ बजे बैठक राखेका छन् । उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालाई पनि बोलाइएको छ ।

बैठकमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, रामशरण महत, शेखर कोइराला र सुजाता कोइरालालाई पनि बोलाइएको छ । शशांक, प्रकाशमान, शेखर र सुजाता पनि सभापतिका लागि आकांक्षी हुन् ।

वरिष्ठ नेता पौडेल पनि आफू सभापति हुनुपर्ने बताइरहेका छन् । तर, सभापति देउवालाई हराउन आफूले मात्रै सक्ने दाबी शशांकको छ । तर, शेखरले पनि सभापतिमा आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरिरहेका छन् । कांग्रेसको १४औँं महाधिवेशन १६ भदौदेखि १९ गतेसम्म हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्