Logo
Logo

आफ्नो चरित्रहत्या गरेको भन्दै रजतपटलाई गरिमाको चेतावनी


दृष्टि संवाददाता


काठमाडौं । कलाकार गरिमा शर्माले आफ्नो चरित्रहत्या गरेको भन्दै टेलिभिजिन कार्यक्रम रजतपटमाथि आपत्ति जनाएकी छन् । उनले ती कार्यक्रम र प्रस्तोताविरुद्ध कानुनी उपचार खोज्ने समते चेतावनी दिएकी छन् ।

कलाकार शर्मा गायक दुर्गेश थापासँग टिकटक लाइभमा आएपछि चर्चामा आएकी थिइन् । गरिमा र दुर्गेशबीच भएको कुराकानीको एउटा क्लिप्स सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उक्त क्लिप्समा दुर्गेश र गरिमाको संवाद सुन्दा उनीहरुबीच लामो प्रेम सम्वन्ध भर्खरै टुटेको आभाष हुन्छ । जुन उनीहरुबीच एउटा गेम थियो । यसैलाई अहिले गरिमालाई तनाव दिएको छ ।

उक्त क्लिप्सलाई लिएर टेलिभिजन कार्यक्रम रजतपटले समाचार बनाएपछि गरिमा रुष्ट बनेकी हुन् । शर्माले उक्त समाचारले आफ्नो चरित्रहत्या गरेको भन्दै आपत्ति जनाएकी छन् । उनले विज्ञप्ति जारी गर्दै आफ्नो तरित्र हत्या गर्ने रजतपट कार्यक्रम र प्रस्तोताविरुद्ध कानूनी कारवाहीमा जाने चेतावनी दिएकी छन् ।

यस्तो छ विज्ञप्ति

रजतपट कार्यक्रममा चरित्रहत्या गरिएकोप्रति गम्भिर आपत्ती!

सम्पुर्णमा नमस्कार,म गरिमा शर्मा । केहि समयदेखि नेपाली कलाकारीतामा छु । यो क्षत्रमा रहँदा सकेसम्म विवादमा नफस्ने कोशिस गर्दा गर्दैपनि जबरजस्ती विवादमा तानिन्छ । 
यसै सन्दर्भमाहिजो अर्थात् असार २४ गते साँझ एपिवान टेलिभिजन र रजतपट अनलाइन युट्युब च्यानलबाट प्रसारित कार्यक्रम रजतपटमा मेरो बिषयमा निर्माण गरिएको अतिरञ्जित र भ्रमपूर्ण टेलिभिजन रिपोर्टप्रति गम्भिर आपत्ती प्रकट गर्दछु । 
नेपाली कला क्षत्र र कलाकारहरुलाई प्रोत्साहन गर्नुपर्ने टेलिभिजन च्यानल, टेलिभिजन कार्यक्रम र प्रस्तोता नै भ्रमित सामाग्री प्रसारण गरी कलाकारहरुलाइ अनावश्यक विवादमा तान्ने तथा निरुत्साहित गर्ने कार्यको घोर भर्त्सना पनि गर्छु ।
केहि दिन अगाडी टिकटक लाइवमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरुका टुक्रा टुक्री तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत हो । उक्त संवाद कसरी शुरु भएको थियो र के सिसिलामा थियो भन्ने स-प्रमाण भिडियो मैले मेरो युट्युब च्यानलमा अपलोड गरिसकेको छु । तसर्थ त्यो हेरिसकेपछी थप प्रष्ट हुनेछ । 
उक्त सामाग्री तयार गर्नु अघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी ज्यूसंग टेलिफोन सम्पर्क भै, सामान्य बिषय रहेको र हाँसो ठट्टा मात्र रहेको भनि सत्य तथ्य जानकारी गराउँदा गराउँदै पनि यसरी बदनियतपुर्ण समाचार प्रसारित गर्नुले म माथि गम्भिर अन्याय भएको महशुस गरेको छु । तसर्थ न्यायका निम्ति सम्बन्धित निकायसम्म पुग्न वाध्य भएको व्यहोरा पनि यसै विज्ञप्तीमार्फत जानकारी गराउनु चाहन्छु ।
यसखालको भ्रामक र बदनियतपुर्ण खवरलाइ विश्वास नगरिदिनुहुन म आम् दर्शक र शुभेच्छुकहरुमा अपिल गर्दछु ! साथै यस अन्यायका विरुद्धमा बुलन्द आवाज बोलीदिनुहुन सबैमा अनुरोध गर्छु । यहाँहरुको अनवरत माया र सद्भावका निम्ति सदैव आभारी छु ।

धन्यवाद् !

गरिमा शर्मा २०७८-०३-२५

प्रतिक्रिया दिनुहोस्