Logo
Logo

आन्तरिक उडानमा गन्तव्य सीमा हटाइयो


दृष्टि संवाददाता


काठमाडौं । सरकारले आन्तरिक उडानमा सीमा हटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब आन्तरिक उडानमा वायुसेवा कम्पनीले आफुलाई आवश्यक संख्यामा उडान गर्न सक्नेछन् ।

देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएको समयमा वायुसेवा कम्पनीले उडान संख्या थप हुनुपर्ने माग गरेका थिए । यसअघि ५० प्रतिशत भनि उडान सीमा तोकिएको थियो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले दैनिक यति नै संख्यामा उडान गर्ने भनि संख्या नतोकि चाहिने जति संख्या थप गर्न सक्ने अधिकार वायुसेवा कम्पनीलाई दिएको बताए । उनका अनुसार उडान अनुमति माग्दा तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ । सरकारले १ जुलाईबाट उडान खोल्ने निर्णय गरेपनि ५० प्रतिशत मात्र उडान गर्न दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्