Logo
Logo

पार्टी त्यागेका नेताहरुको दावी ‘माओवादी केन्द्र अवैधानिक’


दृष्टि संवाददाता

882
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र त्यागेर एमाले बनेका नेताहरू शुक्रबार पनि निर्वाचन आयोग पुगेका छन् । उनीहरुले माओवादी केन्द्र अवैधानिक भन्दै दल खारेजीको माग गरेका छन् ।

यसअघि बुधबार नै आयोगमा उनीहरुले नेकपा माओवादी केन्द्र दर्ता खारेजीको माग गर्दै निवेदन दिएका थिए । शुक्रबार एमाले नेताहरू मणि थापा, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी आयोगमा पुगेका हुन् ।

नेता थापाले माओवादी केन्द्रले विगत ९ वर्षदेखि महाधिवेशन नै नगरेकाले भन्दै आयोगमा अद्यावधिक नभएको बताए । उनले सबै पार्टीमा यस्ताखाले समस्या भएको बताएँदै केन्द्रीय कमिटीहरू अद्यावधिक गरेपनि आयोगमा जानकारी नगराइएको बताए । माओवादीले लामो समयदेखि महाधिवेशन नगरेकाले उक्त पार्टी वैधानिक नभएको उनको तर्क रहेको छ ।

नेता थापाले भने, ‘माओवादीले महाधिवेशन गरेको छैन । आयोगमा केन्द्रीय कमिटीको विवरण पनि जानकारी गराइएको छैन । यस्तो पार्टीले सांसदहरूलाई कारबाही गर्न मिल्छ र ?’

माओवादी छाडेर एमालेमा क्रियाशील रामबहादुर थापा बादल निकटका नेताहरूले संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमाइसकेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्