Logo

‘मातृभूमि कप’मा भिड्ने तयारी गर्दै कलाकार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० चैत । धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण सहयोगार्थ २३ चैतमा मातृभूमी कप आयोजना गर्दैछ । जसका लाािग देशका चर्चित कलाकारहरु मैदानमा उत्रँदैछन् ।
फाउण्डेशनले चितवनमा बनाउने रंगशालाको सहयोगार्थ आयोजना हुने मातृभूमि कपको भब्य तयारी भइरहेको जनाएको छ । कलाकारको टिमलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिइरहेका छन् । कलाकारहरुको तर्फबाट भने पूर्वखेलाडी समेत रहेका कमल मैनाली र सुनिल थापाले प्रशिक्षण दिइरहेका छन् ।
अहिले अभ्यास खेलमा सुनिल थापा, बद्री पंगेनी, कुमार कट्टेल, सन्दीप क्षेत्री, राजु ढकाल, घनश्याम गौतम, सन्तोष लामा, सरोज खनाल, दयाहाङ राई, निश्चल बस्नेत, हेमन्त शर्मा, हेमन्त राना, सुरज सिंह ठकुरी, राजा राजेन्द्र पोखरेल, अर्जुन घिमिरे ‘पाँडे’, निर्मल शर्मा, अनुराग कुँवर, कृष्ण काफ्ले र सलिनमान बनियाँ दैनिक उपस्थित भइरहेका छन् ।


उक्त खेलबा उठेको रकमको १५ प्रतिशत आँधी प्रभावित क्षेत्रमा खर्च गर्ने भएको जनाइएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले सामाजिक संजाल फेसबुकममा एक स्ट्याटस पोष्ट गर्दै बारा र पर्सामा राहत बाँडेको र निरन्तर अभियान चलिरहने जानकारी गराए ।
आँधीहुरी गएको भोलिपल्टै तराई पुगेका धुर्मुसले फाउण्डेशनको तर्फबाट ४ सय पीडित परिवारलाई राहत बितरण गरेका थिए । राहत बितरणका लागि तराई पुगेका धुर्मुसले पुर्नबवसका लागि जतिसक्दो छिटो सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।
उनले लेखेका छन् ‘घरबार गुमाएर खुला आकाशमा रात काट्न बाध्यहरुका लागि गाँस, बाससहित छिटो भन्दा छिटो पुर्नबास नै अहिलेको मुख्य आवश्यकता हो । त्यसैले पुर्नबासको लागि सम्बन्धित निकायको ध्यान जाओस् ।’

प्रतिक्रिया दिनुहोस्