Logo
Logo

पत्रिकाविरुद्ध मुद्दा हाल्ने तयारीमा प्रियंका–निक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० चैत । केही यता बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति अमेरिकन गायक निक जोनसको सम्बन्ध विच्छेदको खबरले अनलाइन मिडिया तताइरहेको छ । तर, उक्त खबर जुठो ठहर भएको छ ।
एक अमेरिकी म्यागजिनले यो जोडी सम्बन्धविच्छेद गर्ने तयारीमा रहेको दाबी गरेको थियो । तर उक्त समाचारको खण्डन गर्दै प्रियंका र निकले म्यागजिनमाथि मानहानीको मुद्धा दायर गर्ने तयारी गरेका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार प्रियंकाको कानूनी समूहले यो समाचार बनाउने टेब्लोइडसँग कुरा गरेको र समाचारको खण्डन गरको जनाएका छन् । रिपोर्टहरुले सूत्रको हवाला दिँदै उनीहरु हरेक कुरामा झगडा गरिरहेको दाबी गरेको थियो ।
पत्रिकाले निकले प्रियंकाको कुरामा आएर विवाह गरेका थिए र अब उनले यसको मूल्य चुकाइरहेको समेत भनेको थियो । पत्रिकाले निकको परिवारले विवाह समाप्त गर्नका लागि अनुनय बिन्ति गरिरहेको पनि बताएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्