Logo
Logo

एमाले कैलालीमा गुटमाथि उपगुट

विधान र पद्धति मिचेर आसेपासे भर्दै अध्यक्ष रतन थापा


हिक्मत बम



धनगढी । केन्द्रमा नेकपा एमालेको विवाद समाधान नजिक पुगेको अवस्थामा कैलालीमा भने उस्तै गुटबन्दी चल्दै आएको छ । यहाँ एमाले ओली पक्ष र बरिष्ठ नेता माधव नेपाल पक्षबीच गुटमाथि उपगुट गर्न थालिएको छ ।

नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापाले एमाले पार्टीको केपी समूहभित्रै पद्धति र विधानविपरित गएर आसेपासेलाई पदको जिम्मेवारी दिएर गुटमाथि उपगुट गर्दै हिँड्न थालेपछि असल कार्यकर्ताहरु उनीदेखि रुष्ट भएका छन् ।

नेकपा एमाले धनगढी नगर कमिटीका अध्यक्ष रहेका रामचन्द्र चौधरीलाई हटाएर उनले शुक्रबार एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा धनगढी नगर कमिटीको अध्यक्षमा नगर सदस्य रामचन्द्र जोशीलाई चयन गरेको जानकारी गराएका थिए ।

रामचन्द्र चौधरी नगर अध्यक्ष हुँदा हुँदै उनलाई जानकारी बिनानै पदबाट मुक्त गर्ने कार्यमा एमाले कैलालीका पूर्वसचिव दीर्घ सोडारीसँग अध्यक्ष पदमा पराजित भएर निष्कृय प्राय ः देखिएका दीपकप्रसाद देवकोटाको चलखेलमा कैलाली जिल्लामा व्यापक गुटभित्रै गुटबन्दी हुन थालेको पाइएको छ ।

शुक्रबार एमाले कैलालीका अध्यक्ष रतन थापा, दिपकप्रसाद देवकोटा र सचिव दानबहादुर लगातका चार÷पाँच जना नेताहरु बसेर गोप्य बैठक गरेको र त्यहि बैठकले जिल्लाका विभिन्न गाउँ तथा नगर कमिटीका अध्यक्षहरु चयन गर्ने लगायतका कार्यहरु भएको एमाले कैलालीका एक नेताले जानकारी दिएका छन् ।

तीन नेताले भने : पार्टी अध्यक्ष रतन थापाको असक्षमता अनि पार्टी विधान विपरितको कार्यको पराकाष्टा देखिँदै गएको छ । धनगढी नगर कमिटीको अध्यक्षमा रामचन्द्र चौधरी (थारु समुदाय) हुँदाहुँदै उनको ठाउँमा रामचन्द्र जोशीलाई नगर अध्यक्ष बनाएर गुटमाथिपनि चरम गुटको अवस्था सृजना गर्ने कार्य भएको छ । तीं नेताले भने पार्टीको न त सचिवालयको बैठक भएको छ । न त जिल्ला कमिटीको बैठक नै । आफ्नो मनोमानी पार्टी अध्यक्ष रतन थापा, लिला भण्डारी, दिपकप्रसाद देवकोटा जिल्ला सचिव दानबहादुर बिकको एकलौटी र मनोमानी शैैलीका कारण चरम गुटबन्दी खडा गरिएको छ ।

रतन थापा परिवादबादतर्फ उन्मूख :

नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापा कैलालीको लम्की-चुहा नगरपालिकाको लम्की बजार निवासी हुन् । उनी कैलालीको क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (ख)बाट एमालेबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभाका सदस्य हुन् । एमालेले दीर्घ सोडारीलाई कारवाही गरेपछि रिक्त रहेको अध्यक्ष पद स्वतः उपाध्यक्षमा जाने भएपछि उनी कार्यवाहक अध्यक्ष बनेका हुन् ।

उनकी पत्ती टीका थापा लम्की—चुहा नगरपालिकाकी उपप्रमुख हुन् भने नेकपा एमाले लम्की-चुहा नगर कमिटीमा विहीबार मात्रै आफ्नै सहोदर भाई पर्ने तुला थापालाई नगरको अध्यक्षको जिम्मेवारी दिएका छन् ।

कपासको नारा :

नेकपा एमाले कैलालीमा विगत लामो समयदेखि एक जटिल समस्याको रुपमा देखापरेको कपास भन्ने नारालाई हालका अध्यक्ष रतन अथापाले समेत निरन्तरता दिएको कुरालाई आफ्नै भाईलाई नगर अध्यक्षको जिम्मेवारी दिइएको विषयले प्रमाणित गरिदिएको छ ।

कणार्ली नदीभन्दा पूर्व क्षेत्रबाट कैलालीमा आइ बसोबास गर्दै आइरहेका व्यक्तिहरुलाई समावेश गरेर कपासको नारा लगाइएको पाइएको छ । एमाले पार्टी कैलालीमा माधव गुट, केपी गुट थियोनै त्यसैमा केपी गुट भित्रपनि जातीयता, क्षेत्रीयता र भेगियताको नाराहरु व्यापक रुपले लागु हुँदै आएको छ ।

एमाले कैलालीका पूर्वअध्यक्ष दीर्घ सोडारी कारबाहीमा परेपछि अध्यक्ष पदको चिठ्ठा परेका रतन थापाले नितान्त भेगीय र क्षेत्रीय राजनीतिलाई बढी मलजल गरिरहेको बताइन्छ ।

दिपक देवकोटाको घरमा गुटको योजना बन्छ : नेकपा एमालेको राजनीतिबाट लगभग पाखा लाग्नै आँटेका दिपकप्रसाद देवकोटा आफ्नै आनीबानीका कारण पटकपटक विवादमा आइरहन्छन् । जिल्ला पार्टीको सचिवसमेत भैसकेका देवकोटा नवजीवन सहकारी संस्थामा समेत अध्यक्ष पदमा प्रत्यासी भइ पराजित भएका व्यक्ति हुन् ।

पद भनेपछि उनी जतापनि हामफाल्ने व्यक्तिका रुपमा मात्र होइन, धनगढी बसपार्क पछाडि रहेको आलिशान महलमा बस्दै आएका उनलाई गुट निर्माणका एकमात्र सुत्राधारका रुपमा लिइन्छ । पार्टीमा होस् या अन्य कुनैपनि संघसंस्थामा नै किन नहोस् चुनाव लडनुपरेको खण्डमा उनी कपासको नारा लगाउने गर्दछन् ।

एक्लिँदै रतन थापा :
नेकपा एमाले कैलालीको अध्यक्षजस्तो पद पाएका रतन थापाले पदको मर्यादा र हैसियत नै नबुझेको नेताको रुपमा परिचित छन् । उनी क्षमता र दक्षतामा निकै कमजोर व्यक्ति हुन् । चारित्रिक रुपमा पनि बेलाबखत चर्चा र विवादमा आइरहने रतन थापालाई पार्टी अध्यक्ष पद नै उचित नभएको एक जना एमालेका नेताले बताए । उनले अध्यक्ष पदको पदीय दायित्वसमेत नबुझेको अवस्थामा त्यत्रो पदको जिम्मेवारी बहन गर्न सक्ने अवस्था छैन ।

एमाले कैलालीका अध्यक्ष रतन थापा, दिपक प्रसाद देवकोटा, लिला भण्डारी र दानबहादुर बिकको कार्यशैलीप्रति अधिकाँश कैलालीका केपी समूहका नेता कार्यकर्ताहरुले व्यापक असन्तुष्टि व्यक्त गरेका छन् ।

नगर अध्यक्ष मै हुँ : चौधरी
२०७७ साल माघ १४ गतेको एमाले धनगढी नगर कमिटीको भेलाबाट सर्वसम्मत अध्यक्ष पदमा आफु चयन भएकोले आफु आधिकारीक अध्यक्ष भएको दावीसहित रामचन्द्र चौधरीले शुक्रबार विज्ञप्ती जारी गरेका छन् । विज्ञप्तीमा आफु विधिवत रुपले नगर अध्यक्षको जिम्मेवारी पाएको व्यत्त mी भएकाले अरु भ्रममा नपर्न समेत चौधरीले आग्रह गरेका छन् ।

चौधरीद्वारा जारी विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्