Logo
Logo

पृथ्वीराजमार्ग एकतर्फी खुल्यो


दृष्टि संवाददाता


दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली-जामुने खण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा शनिबार बिहान ४ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । पहिरोसँगै राजमार्गको बीचमा ठूलो ढुंगासमेत खसेको छ ।

पहिरो हटाएर राजमार्ग एकतर्फी सुचारु गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । शुक्रबार र शनिबार वर्षा नभएपनि केही दिनदेखि परेको वर्षाले माटो कमजोर भएर पहिरो खसेको बताइएको छ । ठूला ठूला ढुङ्गा खसेकाले दुईतर्फी राजमार्ग सञ्चालन गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्