Logo
Logo

आफ्नै दाइको हत्या आरोपमा राजन सिंह पक्राउ


दृष्टि संवाददाता


मोरङ । आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको र राति नै उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घरायसी विवाद हुँदा साजनले आफ्नै दाइ ४२ वर्षीय भोलालाई चक्कुले हानेका थिए । चक्कुले भोलाको शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो ।

भाइको कुटपिटबाट गम्भीर घाइते भएका भोलाको उपचारका क्रममा विराट अस्पतालमा राति ११ बजे नै मृत्यु भएको प्रहरीले जनाएकको छ । साजनविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान शुरु गरेको जनााएको छ ।

प्रतिक्रिया दिनुहोस्