प्रधानमन्त्री ओलीद्वारा हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकन « Drishti News – Nepalese News Portal
Logo

प्रधानमन्त्री ओलीद्वारा हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकन


दृष्टि संवाददाता


सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आएका छन् ।

file photo

प्रधानमन्त्री ओली हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रको अवलोकन गरेका छन् । यसपछि उनी मेलम्ची क्षेत्रमा जाने कार्यक्रम छ । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदैछन् । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत रहेका छन् । मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्