Logo
Logo

६१ लाख नतिरी फरार रहेका मरासिनी अपराध महाशाखाको फन्दामा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २१ चैत ।

अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । नेपालगञ्ज घर भई गुहेश्वर िबस्ने सर्वेश मरासिनीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।


उच्च अदालत पाटनले उनलाई एक वर्ष कैद र ६१ लाख ५५ हजार दुई सय ५५ रुपैयाँ जरिवानाको फैसला भएको थियो । उनी फरार रहँदै आएका थिए । उनलाई पक्राउ परी जेल चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्