Logo
Logo

‘राष्ट्रियसभाबाटै बजेट प्रस्तुत गर्ने व्यवस्था हुनुपर्छ’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामै बजेट प्रस्तुत र पारित गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रियसभामा बोल्दै नेता गौतमले प्रतिनिधिसभा नभएको बेला राष्ट्रियसभामा बजेट प्रस्तुत गर्ने र पारित गर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

नेता गौतमले भने, ‘राष्ट्रिय सभामा यदि यो हललाई आवश्यक पर्छ र मैले भनेको प्रस्ताव मञ्जुर गर्छ भने हामीले आज पास गरौँ । त्यो बाहिर कोठाभित्र प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷०८९ को बजेट वक्तव्य फेरि आएर अर्थमन्त्रीले यहाँ प्रस्तुत गर्नुस् । हामीले छलफल गर्न पाउँ र यहाँबाट पारित हुने व्यवस्था गरौँ ।’ तर, त्यसका लागि संविधान र नियमावली संशोधन गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रियसभा संघीय संसदको अभिन्न अंग भएकाले प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभामा बजेट प्रस्तुत गर्ने र पारित गर्ने व्यवस्थाका लागि कानुनी र संवैधानिक व्यवस्था गर्नुपर्ने उनले माग गरे । ‘नियमावलीमा परिवर्तन गर्नपर्छ भने गरौ’ उनले भने, ‘यदि त्यसो हुँदैन भने माग गरौँ । संविधानमा त्यो छैन भने यो आवश्यकता छ ।’

प्रतिक्रिया दिनुहोस्