गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि « Drishti News – Nepalese News Portal
Logo

गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । आइतबार प्रदेशका स्याङ्जा र गोरखामा कोरोनाको ‘डेल्टा भेरियन्ट’ फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ भेरियन्टको आशंकामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकोमा डेल्टा भेरियन्ट पुष्टि भएको हो ।

स्याङ्जाको कालिगण्डकीका १४ र ६० वर्षका दुइजना पुरुष र गोरखा बारपाक सुलिकोटका ३३,४० र ७० वर्षिया तीन महिलामा नयाँ भेरियन्ट पुष्टि भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माद्वारा जारी विज्ञप्तिमा जनाएको छ । डेल्टा भेरियन्ट भाइरस यसअघिको अल्फा भेरियन्टभन्दा बढी संक्रमित हुने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्