Logo
Logo

वाह, इलामे चिया | विदेशीले भने, ‘नेपाली चिया प्रांगारिक’


- दृष्टि न्युज/संवाददाता


इलाम, २१ चैत । नेपाली चियाले अन्तर्राष्ट्रियस्तरमा अहिले पनि राम्रो बजार लिनसकेको छैन । सरकारी पक्षबाट यसमा चासो नदिएको भन्दै उद्यमी र किसानले आरोपसमेत लगाउँदै आएका छन् । तर, विदेशी चिया बिक्रेताले भने नेपाली चियाको प्रशंसा गरेका छन् । उनीहरूले नेपाली चिया प्रांगारिक भएको भन्दै यसलाई संसारको सबै देशमा पु¥याउन सकिने बताएका छन् ।
इलाम सदरमुकाममा भएको एक कार्यक्रममा स्वीट्जरल्याण्डका चिया टेस्टिङविज्ञ ल्याकुन्टेसले नेपाली चियाको भविष्य रहेको बताए । उनले नेपालको वातावरणसमेत राम्रो रहेको भन्दै यहाँ चियालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने औँल्याए । उनले नेपाली चियालाई प्रांगरिक रूपमा नै विकास गर्नसक्दा विश्वमा हारालुछ शैलीमा बिक्री हुनसक्ने बताए । तीन वर्षदेखि ल्याकुन्टेसले नेपालको चिया फ्रान्समा बिक्री गर्दै आएक छन् । केन्द्रीय चिया सहकारी संघसँगको समन्वयमा उनले नेपाली चियाको प्रचार गर्ने र बिक्री गरेका हुन् ।
यस्तै, स्वीस नागरिक ओलिवनले संसारका धेरै देशमा नेपालमा यस्तो चिया बन्छ भन्ने थाहा नभएको बताए । उनले नेपाल पनि एक प्राकृतिक हराभरा भएको देश भएकाले चियाले यसको पहिचान दिलाएको बताए । ‘अरू देशमा कसले कस्तो चिया बनाए भन्नेमा तपाईंहरू चासो नलिनुहोस्’, ओलिवनले भने, ‘आफ्नो चियाको बजारीकरणमा ध्यान दिनुहोस् ।’ उनले नेपाली चिया विश्वकै गुणस्तरीय चिया भएको बताए । चार वर्षदेखि नेपाली चियाको प्रवद्र्धनमा लागेकी ओलिवन नेपाली चिया स्वीट्जरल्याण्डमा समेत बेच्ने गरेका छन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य काजीमान कागतेले आफू चिया उद्यमी नै रहे पनि विदेशी नागरिकले समेत नेपाली चियाको प्रशंसा गरेकामा हर्षित भएको उल्लेख गरे । उनले प्रदेश नं १ लाई चिया क्षेत्र घोषणा गर्नसमेत प्रदेश लागेको बताए । ‘हामीले प्रदेशस्तरीय चिया बोर्डसमेत बनाउन खोजेका थियाँै, तर बोर्डचाहिँ केन्द्र सरकारकै मातहतमा हुनुपर्ने प्रावधान छ’, उनले भने, ‘तर, हामी चियालाई पहिलो प्राथमिकतामा राखेर काम गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस्