Logo
Logo

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुर्नस्थापना


दृष्टि संवाददाता


काठमाडौं । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन खारेज गर्दै पुर्नस्थापना गर्ने निर्णय गरेको छ ।

पहिलोपटक संसद विघटन भई अदालतले पुनस्र्थापना गराएको तीन महिनापनि नबित्दै गत ८ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक संसद विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्न मिति तोकेकी थिइन् ।

त्यसविरुद्ध नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतले सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध रिट दायर गरेका थिए । जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेपछि त्यसविरुद्ध परेको रिटमाथिको बहस असार २१ गते मात्रै सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्